कोरोना विशेष

जापानमा थप आपतकालको घोषणा , ओलम्पिक गेममा पनि प्रभाव पर्न सक्ने


काठमाडौँ – दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल बढाएको छ । जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई बढाएर मे महिनाभर लगाउने बताएको हो । प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌ ।

अबको तीन महिना पछि जापानमा टोकियो ओलम्पिक गेम हुँदै छ । गेम सुरु हुन तीन छदाँ विभिन्न शहरमा आपतकालको समयावधि बढिरहेको हुँदा ओलम्पिक आयोजना हुन कठिन रहेको टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले बताएका छन् । कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो ।