राजनीति

कोरोना संक्रमण नियन्त्रणमा रहेको प्रधानमन्त्री ओलीको दावी


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको दावी गरेका छन् ।

भारतमा संक्रमण फैलिँदा ठूलो क्षति हुँदा तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको अवस्था पनि भारत उन्मुख भएको समाचारहरु आइरहँदा ओलीले सीएनएनसँगको अन्तर्वार्ताका क्रममा देशमा संक्रमण नियन्त्रणमा रहेको दाबी गरेका हुन् ।

कुराकानी कै क्रममा ओलीले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।