समाचार

ह्याम्स र केएमसीले बुझाए स्पष्टीकरण


काठमाडौँ — कोभिडका बिरामीसँग तोकिएभन्दा धेरै शूल्क लिएकोबारे ह्याम्स र केएमसी अस्पतालले काठमाडौँ जिल्ला प्रशासनलाई स्पष्टीकरण बुझाएका छन् ।

कोभिडका विरामीसँग सरकारले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी शूल्क असुलेपछि योहो टेलिभिजनको कार्यक्रम समय चक्रमाले यी अस्पतालबारेमा समाचार प्रसारण समेत गरिएको थियो ।

समाचार प्रसारणपछि बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई प्रशासनमा बोलाएर स्पष्टीकरण सोधेका थिए । दुवै अस्पताललाई बिहीबार सम्म लिखित जवाफ दिने समय दिइएको थियो । बिहीबार साँझ दुवै अस्पतालले लिखित स्पष्टीकरण बुझाएका छन् ।

दुवै अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्टीकरण बुझाइएको र तोकिएभन्दा बढी शुल्क नलिइएको दावी गरिएको छ । दुवैले सरकारसँग भएको सम्झौता र मापदण्डअनुसार तोकिएको शूल्कमात्रै लिएको दावी गरेका छन् ।