अर्थनीति

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो


काठमाडौँ – सीईडीबी हाईड्रोपावर कम्पनीले आज शुक्रबारबाट आईपीओ सर्वसाधरणकालागि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो ।

यसमध्ये कम्पनीले २ प्रतिशतबाट हुन आउने ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत म्यूचल फण्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४२ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ विक्री प्रवन्धक सनराइज क्यापिटल हो । आईपीओका लागि बैशाख १७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी जलविद्दुत कम्पनी र स्यागे खोला जलविद्युत कम्पनी गरी दुईवटा हाईड्रोपावर सन्चालनमा छन् ।

कम्पनीको चालू आर्थिक वर्षमा प्रति शेयर आम्दानी १३.०५ र प्रति शेयर खुद आम्दानी १३८.७९ रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी ५८ करोड ७५ लाख ९० हजार रहेकोमा साधरण शेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।