अर्थनीति

सुनको मूल्य ओरालो लाग्ने क्रम कायमै, प्रतितोला ८८ हजार ९ सयमा कारोबार


काठमाडौँ – नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम आज पनि कायम नै रह्यो । सुन प्रतितोला आज ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी महासंगले जनाएको छ ।

गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।

यस्तै चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

असोज महिना लागेदेखि निरन्तर ओरालो यात्रामा रहेको सुनचाँदीको मूल्य असोज १ गतेदेखि आज ४ गतेसम्ममा क्रमशः १६ सय रुपैयाँ र ६५ रुपैयाँले सस्तिन पुगेको छ ।