खेलकुद

सर्वाधिक धनराशिको चौथो इपिएल आजदेखि


काठमाडौँ – सर्वाधिक धनराशि भएको एभेरस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ  ।

चौथो संस्करणको इपिएल टियु क्रिकेट मैदानमा २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पाँच दिन दुई खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्र्स र काठमाडौं किंग्स इलाभेन भिड्दै छन् ।

पाकिस्तानी भेट्रान स्टार शाहिद अफ्रिदीले काठमाडौं किंग्स इलाभेनबाट १० नम्बर जर्सी नै लगाएर खेल्ने भएका छन् । उनले दुई खेल मात्र खेल्ने छन् ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुने छन्  । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्ने छन् । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । इपिएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ  ।