देश

सरकारको निर्णयले विद्युत्मा लगानी गर्नेमा ह्रास आयो : इपान


काठमाडौँ – सरकारले जलविद्युत् आयोजनाहरुको उत्पादन अनुमतिपत्र तथा विद्युत् खरिद विक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)ले आपत्ति जनाएको छ । सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी असोज ७ गते मुख्यसचिव स्तरिय निर्णय गरी जलविद्युत आयोजनाहरुको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र साथै विद्युत् खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै सो निर्णय सच्याउन इपानले माग गरको हो ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इपानले सरकारको सो निर्णयले जलविद्युत क्षेत्रमा लगानी गरिरहेका संस्था तथा व्यक्तिहरुको मनोभावनामा ह्रास आएको भन्दै निर्णय पुनरावलोकनको माग गरेको हो । साथै बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्क सम्बन्धि निर्देशिकाप्रति पनि इपानको ध्यानाकर्षण भएको बताएको छ । इपानले अन्तरदेशीय विद्युत् व्यापार नीति निर्माण गर्न तथा गुणस्तरीय विद्युत् प्रशारण लाइनहरु विस्तार गरी छिमेकी मुलुकहरुमा विद्युत् विक्रि वितरण गर्न र ट्रान्समिसनको विलिङ शुल्क सम्बन्धी नीति नियम निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।