देश

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण


काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर४.७प्रतिशतपुग्ने एडीबीले प्रक्षेपण गरेको छ । यो अबस्थाआउनुमासरकारले अहिले लिएकानीतिहरु मुख्य कारण हुने समेत उसको अनुमान छ । चालु आर्थिक वर्ष २०७९÷८० मा नेपालको आर्थिक वृद्धिदर ४.७प्रतिशतमा सीमितहुने एसियालीविकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । सन् २०२२ मा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही संकुचनआउने अनुमान एडीबीले गरेको हो ।

यसो हुनुमा सरकारले अहिले लिएकानीतिहरु मुख्य कारण हुने एडीबीको विश्लेषण छ । यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आयातप्रतिस्थापनका कारण चालिएकाकदमले घरेलु उत्पादन र उपयोगमा समेत असर पर्ने एडीबीको भनाइ छ । कोभिड–१९ महामारीको असरका बावजुत पछिल्लो समय डेंगु ज्वरोको तीव्र फैलावट, प्राकृतिकप्रकोप र भू–राजनीतिक उथलपुथलबाट समेत नेपालको आर्थिक वृद्धिमा असर पुग्ने एडीबीको भनाइ छ ।

सामान्य मनसुनका कारण कृषिको वृद्धिदर राम्रो हुने सम्भावना छ । तर, यसमामलको अभावले धानको उतपादनमाभने प्रतिकुल असर पर्न जाने अनुमानगरिएको छ ।जलविद्युतको बढ्दो उत्पादन र उद्योगको क्षमताउपयोगमा वृद्धि हुने अनुमानगरिएको छ । त्यस्तै, सन् २०२२ मा ६.३ प्रतिशत रहेको मुद्रास्फीतिचालु आवमा ६.१ मा सीमितहुने अनुमानगरिएको छ ।श्रीलंकाबाहेक दक्षिण एसियालीमुलुकको अर्थतन्त्रमा सकारात्मकविस्तारहुने समेत एडीवीले प्रक्षेपण गरेको छ ।

चालु आवमाश्रीलंकाको अर्थतन्त्रको विस्तार नकारात्मक रहने अनुमान एडीबीको छ । श्रीलंकाको जीडीपीमा माइनस ३.३ प्रतिशतको वृद्धिदर रहने छ । पाकिस्तानको ३.५ प्रतिशत सकारात्मकविस्तार देखिने छ । भुटानको ४ प्रतिशत र नेपालको ४.७प्रतिशतबिस्तार हुने अनुमानगरिएको छ । बंगलादेशको ६.६ प्रतिशत, भारतको ७.२ प्रतिशत र माल्दिभ्सको सबैभन्दा धेरै १०.४ प्रतिशतविस्तारको प्रक्षेपण गरिएको छ । यो तथ्यांकमाअफगानिस्तानलाई समावेश गरिएको छैन ।