Breaking

मन्त्रालयबाट बिदा हुन लाग्दा रामकुमारी झाँक्रीका अश्रुधारा


काठमाडौँ — सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् ।

पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् । मन्त्री झाँक्रीसँगै नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आइतबार राजीनामा दिएर मार्गप्रशस्त गर्दैछन् ।