Breaking

भोलिका दिनमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न सक्छ: देउवा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका दिनमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । आज शेरबहादुर प्रधानमन्त्री छ, भोलि प्रचण्डजी, माधव नेपालजी हुनुहोला,’ उनले भने, ‘त्यसकारण यहाँ हिजोको कुरा गरेर काम छैन हेर्नुस् ।

सत्तारूढ ५ दलीय गठबन्धनले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्न परेको बताए । हामीले अत्यन्त सुन्दर व्यवस्था ल्याएका छौं, यस व्यवस्थामा सबै पार्टी मिल्न जरूरी छ,’ उनले भने, ‘कुनै एउटा पार्टीको बहुमत आउन सक्दैन, यस हिसाबले गठबन्धनको आवश्यकता छ । समावेशी लोकतन्त्रले सबैको प्रतिनिधित्व हुने भनै प्रधानमन्त्री देउवाले यसले राष्ट्रिय एकता बलियो बनाउने बताए । गठबन्धनका उम्मेदवारले जित्न आवश्यक रहेको उनले बताए ।