Breaking

भरतपुरको मेयरमा रेनुलाई १४५५ मतको अग्रता


काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा १४५५ मत बढी ल्याएकी छन् । दाहालले ९ हजार ५४२ मत पाउँदा सुवेदीले ८ हजार ८७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ अधिकारीले ४ हजार ३१५मत पाएका छन् ।

चितवनमा दाहाललाई नेपाली कांग्रेससहित सत्तारुढ दलको पनि समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङले भन्दा ४ हजार ७८९ मत बढी ल्याएका छन् । अधिकारीले ११ हजार ३८२ ल्याएका छन् भने गुरुङले ६ हजार ५९३ मत पाएकी छन् ।