देश

पूर्वमन्त्री विष्टको कोरोनाबाट मृत्यु


काठमाडौँ – नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टको निधन भएको छ । पूर्वसञ्चार राज्यमन्त्रीसमेत रहेका विष्टको आज कोरोना संक्रमणका कारण निधन भएको हो ।

सुर्खेतमा कोरोना संक्रमण भएका विष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान विष्टको निधन भएको हो । लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो । विष्ट २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बन्नुभएको थियो ।