राजनीति

परराष्ट्रमन्त्री डा.खड्का न्युयोर्कमा, असोज ११ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने


काठमाडौँ – परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ ।
मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायतका अधिकारीले स्वागत गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्काले आगामी असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

न्युयोर्कमा रहँदा उहाँले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनुहुने छ । यस्तै, विभिन्न देशका समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसंघका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता सेवा लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी छन् ।