समाचार

डिशहोमले वाईफाईको नयाँ प्रविधि वाईफाई सिक्स ल्याउँदै


काठमाडौँ – डीटीएच सेवाप्रदायक डिशहोमले वाईफाईको नयाँ प्रविधि वाई(फाई सिक्स ल्याउने भएको छ । वाईफाई सिक्स अर्थात् सिक्स गिगाहर्ज वेभमा आधारित वाई(फाई प्रणालीलाई डिशहोमले चिनियाँ प्रविधि कम्पनी ह्वावेसँगको सहकार्यमा आजदेखि सुरुवात गर्ने तयारी गरेको हो ।

आज काठमाडौंस्थित म्यारियट होटलमा ह्वावेको वार्षिक कार्यक्रम ‘ह्वावे कनेक्ट २०२१’ आयोजना हुँदैछ । कार्यक्रमको दोस्रो संस्करणका रुपमा आयोजना हुने उक्त कार्यक्रममार्फत् डिशहोमसँगको सहकार्यमा वाई(फाई सिक्सको सुरुवात हुने जनाइएको छ ।

हाल नेपालमा २।४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाईफाई अब भने ६ गिगाहर्जमा उपलब्ध हुनेछ ।
प्रयोगकर्तालाई वाई(फाई अनुभवलाई अझ धेरै प्रभावकारी बनाउने उद्देश्यका साथ डिशहोमले ह्वावेसँगको सहकार्यमा यसको सुरुवात गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज हुने कार्यक्रममार्फत नयाँ प्रविधिको घोषणा हुनेछ भने विस्तारै ग्राहकमाझ यो प्रविधि उपलब्ध गराइने छ ।