Breaking

चलाख बन्न खोज्दा खाल्डोमा सन्दीप, चौंथोपटक प्रहरी झुक्याए, आरोप प्रमाणित गर्दै प्रहरी, २० गते आत्मसमर्पण


काठामडौँ — क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी परेको एक महिना पुग्यो । तर उनी कानुनी प्रक्रियामा आएका छैनन् । कुन देशमा छन् भन्ने पनि टुंगो नभएका सन्दीपले सामाजिक सञ्जालमार्फत भने पटकपटक नेपाल फर्किने भाका तोकिरहेका छन् । सन्दीपले शनिबार सन्देशजारी गर्दै भने– असोज २० मा नेपाल फर्किन्छु । बलात्कार मुद्धामा मुछिएपछि नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले यो चौंथोपटक जारी गरेको सन्देश हो ।भदौ २१ मा जाहेरी परेपछि पहिलोपटक क्यानमार्फत नेपाल फर्किने र आरोपको सामना गर्ने सन्देश सन्दीपले पठाएका थिए ।

त्यसयता दोस्रोपटक सामाजिक सञ्जालमार्फत आफु केही दिनमै नेपाल फर्किने र निराधार आरोपविरुद्ध लड्ने बताए । तेस्रोपटक सन्दीप गायवनै भएको विषय सार्वजनिक भएपछि लामो फेसबुक स्टाटस लेख्दै आफु मानसिक रुपमा विछिप्त भएको र सुधारका लागि आइसोलेसनमै बसेको जानकारी दिए ।तर आरोप गलत भएको र त्यसका विरुद्ध केहीदिनमै नेपाल फर्किएर कानुनी लडाइँ लड्ने वाचा गर्न छुटाएनन् ।

यतिबेलासम्म प्रहरी र आम मानिसलाई छक्याएका सन्दीपले त्यसको पाँचदिनपछि चौथौंपटक फेरि सन्देश जारी गर्दै आफु नेपाल फर्किनेमात्रै बताएका छैनन्, मितिनै तोकेर असोज २० मा फर्किने जनाएका छन् । तर यसले उनी आफैंलाई झन कमजोर बनाइरहेको छ ।

भदौ ५ मा सन्दीपले एक १७बर्षीया नाबालिगलाई काठमाडौंको एक होटलमा लगीजबरजस्ती करणी गरेको आरोपसहित भदौं २१ मा जाहेरी परेको थियो । त्यसको ठ्याक्कै एक महिना वितेको छ,तर सन्दीप कानुनी प्रक्रियामा आएर अनुसन्धानलाई सघाउनुको साटो उल्टै भागेर मुद्धालाई प्रभावित बनाउने काम गरिरहेका छन् । सन्दीपको यही हर्कत र अहिलेसम्म प्रहरीले जुटाएका सबुतले उनी दोषी नै भएको प्रमाणित गर्न खोजिरहेको छ ।

जाहेरी पर्दा सीपीएल खेल्न वेष्ट इन्डिजमा रहेका उनी अहिले आधिकारिक ठेगानामा छैनन्, तथापी उनलाई भेट्न वकिल सिंगापुर पुगेको खबर बाहिएपछि उनी त्यही रहेको हुनसक्ने आशंका गरिएको छ । यता प्रहरीले पनि राष्ट्रको इज्जत धानेका क्रिकेटर भएकै कारण धेरै छुट दिइसक्यो ।

आरोपी कानुनी दायरामा नआए इन्टरपोलमार्फत पक्राउ गर्नसक्ने विकल्प हुँदाहुँदै पनि सन्दीपको भाकाले प्रहरी निकै नरम बनेको देखिन्छ । तर अहिले प्रहरीकै आलोचना हुन थालेपछि पाँचदिनअघिमात्रै इन्टरपोलमार्फत डिफ्युजन नोटरी जारी गरिएको छ । अहिले पनि सन्दीपको मुद्धामा प्रहरी लचिलो बन्ने हो कि भन्ने प्रश्नले जवाफ खोजिरहेको छ ।

डिफ्युजन नोटिस अर्थात सूचना भनेको इन्टरपोलमा रहेको एक सय ३५ भन्दा बढी सदस्य राष्ट्रहरुमा यस्तै आपराधिक क्रियाकलापमा फरार रहेका व्यक्तिहरुको खोजी गर्ने एक प्रक्रिया हो । यी जुनसुकै राष्ट्रमा लुकेर बसेपनि प्रहरीले पक्राउ गर्न सक्छ । तर प्रहरी सन्दीपको मुद्धामा अलि नरम नै देखिएको छ । नेपाली क्रिकेटका ज्वजल्यमान एक नक्षेत्र कानुनी आँखाबाट हेर्दा एक फरार अभियुक्त हुन् तर अपराधी होइनन् ।

समाजले उनलाई अपराधीको भन्दा तल्लो दर्जाबाट गाली र आलोचना गरिरहेको छ । नेपालमै रहेका लाखौं समर्थकको साथ हुँदाहुँदै पनि सन्दीपको आलोकाचो पनलेअनुसन्धानलाई अलपत्र बनाएको छ । तपाथी सजिलो भाषामा भन्दा दसैं आयो सन्दीप आएनन्, तर दसैंकै भोलिपल्ट मामाघर पुगेसरी सन्दीपकोनेपाल आउने र आत्मसमर्पण गर्ने सन्देशले घटनाको वास्तविकता खुल्ने विश्वास गरिएको छ ।