मनोरञ्जन

चर्चित गायिका बिष्णु माझी र शक्ति चन्दको ‘स्याउला’ गीत सार्वजनिक


काठमाडौँ – लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् ।

जुन गीतमा आवाज दिन्छिन दर्शकको मनमा बसिहाल्छन । लोकदोहोरीको क्षेत्रमा सबै भन्दा महङ्गो पारिश्रमिक लिने र अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तित्वले छुट्टै स्टारडम कायम गरेको छ ।

जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु फेरि चर्चामा छिन् । उनले अहिले भने लोकदोहोरी गायक शक्ति चन्दसंगको सहकार्यमा ‘स्याउला’ बोलको गीतमा आवाज दिएकी छन । जसलाई दर्शकले निकै मन पराएका छन् । हुनत यो गीतमा माझीलाई साथ दिएका चन्द पनि उम्दा गायकका रुपमा चिनिन्छन । समय र परिस्थितिलाई छोपेर राखेर सिर्जना गर्न माहिर छन् । सिर्जना गर्ने मात्रै होइन, जुन गीतमा आवाज दिन्छन् दर्शकको मनमा बसिहाल्छन् ।

यसैकारण गायक चन्दलाई मन पराउनेहरुको भीड आज पनि गजबको छ । कस्तो छ त ‘स्याउला’ बोलको यो गीत हेरौ ।