कोरोना विशेष

कोरोना संक्रमण बढ्यो : ३ हजार ८९९ संक्रमित थपिए, २० जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ६५५ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार १७३ जना गरी ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७७८ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ७५८ पुगेको छ ।