Breaking

के प्रचण्ड फेरि राजनीतिको केन्द्र बनेका हुन ? पत्तासफ पार्ने एमालेको ईच्छा किन पूरा भएन ?


काठमाडौँ — रक्षात्मक अवस्थामा पुगेको माओवादी केन्द्रले स्थानीय तह निर्वाचन मार्फत पुन उदाउने संकेत देखाएको छ । प्रारम्भिक मतपरिणाम अनुसार एमालेसंगको गठबन्धन भन्दा कांग्रेससंगको तालमेल बढि फलिफापसिद्ध हुने देखिन्छ । के माओवादीे केन्द फेरी राजनीतिको केन्द्र बनेको हो त ? सत्ता गठबन्धनले चुनावी तालमेलमा जाने निर्णय गर्दै गर्दा अध्यक्ष स्वयम् प्रचण्डलाई समेत कांग्रेसको भोट पाउने आशा न्युन थियो ।

यहि कारण आफ्नी छोरी मेयर उम्मेद्धार रहेको भरतपुरमा उनले हसिया हथौडामा कांग्रेसले भोट नहाले देश दूर्घटनामा जाने बताएका थिए । यता प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले त माओवादी पत्तासाफ नै हुने बताउदै आएका थिए । एकातर्फ अस्थित्व रक्षाकै संकटमा रहेको तथा तालमेलका विषयमा गठबन्धनको मुख्य घटक कांग्रेसमै विमती रहँदा त्यसले प्रचण्डलाई समेत चिन्ता बढाईदिएको थियो । तर चुनावको प्रारम्भिक मतपरिणाम उनले सोचेभन्दा फरक आएको छ । गठबन्धनको चर्को विरोध गर्दै आएको कांग्रेसको शेखर कोईराला समुह असन्तुष्टिहरु मुटुमा गाठो पारेर राख्ने र निर्वाचन पश्चात पोख्ने रणनितिमा पुग्यो भने प्रचण्डले आफूले रोजेकै महानगर पाए ।

गठबन्धनका कटट्र विरोधी कोईरालाले आफ्ना कार्यकतालाई सम्झाए भने देउवा आफै असन्तुष्टलाई फकाउन लागि परे । फलत ः लामो समय गठबन्धन विारोधी मानिएका कांग्रेसीहरु ठुलो हिस्सा पनि प्रचण्डलाई धोका नदिन आग्रह गर्दै केन्द्रको निर्णयमै मिसिए । केहि असन्तुष्टि वावजुद माओवादीको पक्षमा देखिएको यो माहोल उसलाई फलिफाप सिद्ध भएको छ । तर राजनीतिक विश्लेषकहरु भने माओवादी जता टेको लागेपनि तेश्रो शक्ती बन्ने धरातलीय यर्थाथका रुपमा स्वीकार्नु पर्ने बताउछन । अहिले प्राप्त दलहरुका मत सबै उनीहरुकै हो भन्ने अवस्था नरहेको उनीहरुको भनाई छ ।

प्रारम्भिक चुनावी नतिजा हेर्न हो भने यसअघि १०६ स्थानमा खुम्चिएको माओवादी यसपटक माथि उक्निले पक्का छ । यसले कांग्रेसंगको तालमेलले पार्टी फुटेकै अवस्थामा पनि प्रचण्ड शाख जोगाउन सफल हुने देखिन्छ । अर्थात नेकपाबाट फुटेर पहिलेकै अवस्थामा आएको तथा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, प्रभु शाहा जस्ता नेताहरुको बहिरगमनले खासै असर नगरेको देखिन्छ । जसमा युवापुस्ता अघि सार्ने र परिक्षणमा असफललाई नदोहोराउने माओवादीको रणनितिले पनि काम गरेको केहिको विश्लेषण छ ।

अर्कोतर्फ पार्टीमा टिकट वितरण गर्दा आफूले नपाउँदा पनि बागी बन्ने र विरोध गर्नेहरु पनि कम देखिए भने गठबन्धनका विरुद्ध वागीलाई पनि प्रचण्डले भोट नै मागेर रुष्ट हुनबाट बचाएका थिए । त्यस्तै महाधिवेशनमा आफू अध्यक्ष बन्ने बाहेक पदाधिकारी छान्न नसकेको माओवादीलाई त्यसले फाईदाजनक नै पुर्याएको देखिन्छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको तिव्रं आकंक्षालाई पछि धकेल्दै आलोचना खेपे पनि उनको यहि कमजोरीले स्थानीय निर्वाचनमा नेताहरुमा तुषको अवस्था आउन दिएन । त्यस्तै आफ्नो पार्टी अस्तित्व रक्षाको लडाईमा रहेको नेता कार्यकर्ताले महसुस गर्दा केन्द्रको निर्णय को विपक्षमा जाने अवस्था रहेन ।

योसंगै माओवादी पुन एक पटक राजनीतीको केन्द्रविन्दुमा आएको छ । संसदीय निर्वाचनमा ओलीसंग मिल्दा एमाले पहिलो पार्टी र यो स्थानीय तहको उसकै साथले कांग्रेसलाई पहिलो पार्टी हुँदा आगामी दिनमा पनि प्रचण्डले जसलाई रोज्छन उ नै पहिलो दल बन्ने अवस्था सिर्जना भएको छ । तर यहि बीचमा एमालेलाई राजनीतिको मुलधारबाट पर धकेल्ने गठबन्धनको प्रयास भने सफल हुन सकेन । फलत ः जत्तिनै माथापच्चीसी गरे पनि राजनीतिक अंकगणितका हिसावबाट नेपाली राजनीतिक समिकरण पुन पहिलैकै अवस्थमा पुगेको छ ।