Breaking

उपमेयरलाई गाडीको मोह


काठमाडौँ — तनहुँमा बुधबार व्यास नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको प्रमाण–पत्र तथा सपथ ग्रहण बिहान ११ बजेदेखि हुने भनिएको कार्यक्रम केही समय पछि धकेलियो ।

नवनिर्वाचित जनप्रतिनिधि नै निर्धारित समयभन्दा पछि आएका थिए । सपथ ग्रहण कार्यक्रममा कोही आफ्नो निजी सवारी साधन लिएर आएका थिए भने कोही पैदल नै आएका थिए ।

तर, व्यास नगरपालिकाको उपप्रमुखमा निर्वाचित इन्दिरा दरै भने जनप्रतिनिधिको सपथ ग्रहण नलिँदै नगरपालिकाको गाडीबाट कार्यक्रममा आएकी थिइन् । उपमेयर दरैलाई लिनको लागि गाडी घरमै पुगेको बताइएको छ ।