राजनीति

आज बस्ने तय प्रतिनिधिसभाको बैठक पर धकेलियो


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आगामी माघ १६ गतेका लागि बोलाइएको छ । यसअघि आज बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो ।

संघीय संसद सचिवालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएको हो । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ ।