Breaking

पल शांह थुनामै: शांह अभिनित चट्टै बस्यो नि माया बोलको गित भने १ दिनमै ट्रेडिङमा


काठमाडौँ — म्युजिक भिडियोमा प्रायः एकछत्र राज गरिरहेको समय नायक पल शाह जबरजस्ती करणीको अभियोगमा जेल पुगे । अदालतको अन्तिम फैसला त आइसकेको छैन । तर, उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । पल थुनामै रहे पनि उनले अभिनय गरेका म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् । कारण उनी अक्सर दिनकै नयाँरनयाँ म्युजिक भिडियोमा अभिनय गर्थे ।

पलले महिनामा २६ ओटासम्म म्युजिक भिडियोमा अभिनय गरेको पलका म्यानेजर कृष्ण जोशीले बताउने गरेका थिए । उनी एउटै म्युजिक भिडियोको पारिश्रमिक डेढ लाखसम्म लिन्थे । पल थुनामा पुगेपनि अहिले पनि पलकै म्युजिक भिडियो सबै दर्शक स्रोताको रोजाईमा पर्ने गरेको छ । यतिबेला पल शाह अभिनित चट्टै बस्यो नि माया बोलको गितले ट्रेडिमा धुम मच्चाईरहेको छ । पल पुर्पक्षका लागि थुनामा पुगेपछि पहिलो रोजाइमा रहेका पलको विकल्पमा अहिले म्युजिक भिडियो मेकरको रोजाइमा आकाश श्रेष्ठ र पुष्प खड्का पर्न थालेका छन् ।