समाचार

क्लास्सिक टेकले लियो नयन राज पाण्डेको चर्चित नोवेल ‘लू’ को कपिराइट


काठमाडौँ – क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्स प्रालिका प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डेबीच चर्चित नोवल ‘लू’ को कपिराइट हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयन राज पाण्डेले नै लेखेका हुन् । यो भए संगै कारो फिल्म्स ले नेपालमा उच्च गुणस्तर एवं रमणीय र ‘big budget’ चलचित्र हरु आगामी दिन हरुमा निर्माण गर्ने उद्देस्य ले आफ्नो स्थापना भएको बताएको छ । यस कम्पनी ले नया अत्याधुनिक प्रबिधि को फिल्मी सामग्रीहरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ । यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सुजना गर्ने जनाइएको छ । क्लास्सिक टेकको मुख्य कार्यालयमा उक्त समारोह सम्पन्न भएको थियो । योसंगै आगामी दिनमा कारो फिल्म्सले अरु पनि ‘Web Series, reality show’ हरु निर्माण गर्ने बताएको छ ।

साथै आउने दिन मा नेपाल को फिल्मी क्षेत्र मा उत्कृस्ट प्रबिधि भित्र्याउने र ‘Biggest budget’ चलचित्र हरु बनाएर नेपाली चलचित्र क्षेत्र लाइ नया उचाइ मा लाने ‘CARO Films’ को उद्देश्य रहेको निशा खरेल को भनाइ छ ।