काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको आन्तरिक खटपट सतहमै पोखिन थालेको छ । पछिल्लो समय बालेन सरकारले अघि बढाएका हरेक नीतिगत तथा संरचनात्मक निर्णयमा सभापति लामिछानेले विमति जनाउन थालेका छन् । बालेन प्रधानमन्त्री बनेयता दुई नेताबीच चार पटक भेटवार्ता भइसकेको छ । तर, यसबीचमा सम्बन्धमा कतिसम्म चिसोपना आएको छ भने, सभापति लामिछानेले सिंहदरबारमा प्रधानमन्त्रीसँग सहजै भेट समेत पाउन छाडेका छन् । लामिछाने भेटका लागि बालुवाटार पुग्दा प्रधानमन्त्री छोरी खेलाएर बसेको तर रविलाई समय नदिएको चर्चा राजनीतिक वृत्तमा छ । हुन त रास्वपाको महाधिवेशनका क्रममा यी दुई नेता चितवनको एक रिसोर्टमा रातभर सँगै बसेर छलफलमा जुटेका थिए । यसै पृष्ठभूमिमा, बुधबार हात्तीगौँडास्थित लामिछाने निवासमा भएको चार घण्टा लामो गोप्य छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटवार्तामा मन्त्री हेरफेर, प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरण, सांसदहरूको अभिव्यक्तिदेखि सरकारले ल्याउन लागेका अध्यादेशसम्मका विषयमा छलफल भएको थियो । छलफलमा सांसद खगेन्द्र सुनारले उठाउँदै आएको आईजीपीमाथिको प्रकरणले मुख्य प्राथमिकता पाएको स्रोतको भनाइ छ ।
Breaking


प्रतिक्रिया