काठमाडौं– बडादशैंको अवसरमा तीन वटा नेपाली फिल्महरूले दर्शक तानिरहेको अवस्थमा टीकाको तेस्रो दिनबाट ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले पनि इन्ट्री मारेको छ । बहुप्रतीक्षित सिक्वेल रहेको कारणले ‘कबड्डी ५’ को ओपनिङ नै धमाकेदार रह्यो । शुक्रबारबाट प्रदर्शनमा आएको ‘कबड्डी ५’ लाई हलहरू पनि राम्रो शो दिँदा देशभरका मल्टिप्लेक्स र सिङ्गल स्क्रिनहरूमा गरी करिब २ सय ४० शो पाउन सफल भएको थियो । सिनेमाको अग्रिम टिकट बुकिङ खुल्नेबित्तिकै दर्शकहरूमा देखिएको व्यापक उत्साहका कारण पहिलो दिनका अधिकांश शोहरू हाउसफूल रहँदा दुई करोड १३ लाख रुपैयाँको व्यापार भएको छ । पहिलो दिन जस्तै दोस्रो दिनमा पनि चलचित्रले राम्रै शो पाइरहेको छ भने दर्शनहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।
मनोरञ्जन


प्रतिक्रिया