समाचार

इनड्राइभद्वारा राहत तथा पुन स्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा?( ७ करोड ५) लाख सहयोग

योहो संवाददाता

काठमाडौं, नेपाल।विश्वव्यापीमोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालनगरिरहेको प्रयासमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख (करिब ५ लाख अमेरिकी डलर) योगदान गरेको छ।

उक्त सहयोग रकमसेप्टेम्बर ९, २०२६मा इनड्राइभ नेपालकाप्रतिनिधिहरूको उपस्थितिमामाननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

अगस्ट २६मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिमतथाचट्टानीपहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहिततल्लो तटीय क्षेत्रकानुवाकोट र धादिङकाविभिन्न स्थानमा ठूलो मानवीयतथाभौतिकक्षति पु¥याएको छ। विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजनातथाअन्य महत्वपूर्ण सार्वजनिकपूर्वाधारमा समेत व्यापकक्षतिपुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमाखोज, उद्धार तथा राहतकाकार्य जारी रहेका छन् भने बेपत्ताव्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमागरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्मप्रत्यक्ष राहत पु¥याएको छ। यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्कालआवश्यक राहत सामग्रीउपलब्ध गराइएको छ।

प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्कालआवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्रीवितरण गरिएको हो । विपद्पछिको कठिन परिस्थितिमा दैनिकजीवन सञ्चालनकालागिआवश्यकआधारभूत सामग्रीउपलब्ध गराउँदै प्रभावित परिवारलाई तत्काल राहत पु¥याउनु यसपहलको मुख्य उद्देश्य रहेको थियो ।