देश

बढ्यो रास्वपाको दबाब, ओलीले बोल्न पाएनन्, रिसायो एमाले, कान्छारामले मन्त्री खोजेपछि सभामुख हैरान (भिडियो सहित)

योहो संवाददाता

भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटै बाटो अपनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक बहिष्कार गर्ने जनाउँदै सदन छाडेका हुन् । यसअघिसम्म रास्वपाको विरोधको शैली फरक थियो । गत मङ्गलबारको बैठकमा निलो स्कार्फ लगाएर सदनमा विरोध जनाउँदा सत्तापक्ष नेपाली कांग्रेसका सांसदले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरेका थिए ।