राजनीति

ओलीसँग कुहिनो जुधाउने ठेगान लागे, माधव–रविलाई मुद्दाको भारी, अग्निको मुद्दापछि हरायो प्रचण्डको फुर्ती (भिडियो)

योहो संवाददाता

काठमाडौं—कांग्रेसको बलमा सत्ता नेतृत्व गरिरहेका केपी शर्मा ओली पेलेरै अघि जाने रणनीतिमा देखिएका छन् । आफू सकसमा पर्ने स्थिति बन्नासाथ घुमाएर प्रहार गर्ने विगतकै नीति उनले अख्तियार गरेका छन् ।

फलतः यसले विपक्षी मात्र नभई सत्तासहयात्री समेत साइजमा आउने अवस्था बनेको छ । उनको प्रहारबाट बालेन्द्र शाह र रवि लामिछानेजस्ता नयाँ र लोकप्रिय भनिएका पात्रसमेत अछुतो छैनन् । यसैको उदाहरणस्वरूप, पछिल्लो समय उनी घेराबन्दी गर्ने विपक्षीप्रति आक्रामक छन् ।