Breaking

अग्निको फैसलाले प्रचण्ड तनावमा, गृहमन्त्रीसँग सौदाबाजी हुँदै ? द्वन्द्वकालीन मुद्दाले अर्कै मोड लियो (भिडियो)

योहो संवाददाता

काठमाडौं—‘बाह्र वर्षपछि खोला फर्किन्छ’ भनेझैँ, काभ्रेकी पूर्णिमाया लामाले आफ्ना श्रीमान् अर्जुन लामाको हत्याको अनुसन्धान गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेको १२ वर्षपछि सुनुवाइ भएको छ ।

लामाले मुद्दा दर्ता गरेको १३ वर्ष पुग्दै गर्दा बुधबार सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अपहरण र ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारका नाममा उत्प्रेषण आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासले सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयसमेत बदर गरिदिएको छ ।