Breaking

ओली–लिङ्देनको ब्याटल, चुनावको दोस्ती दुस्मनीमा परिणत ?, १२ वर्षमा पहिलोपटक उत्कर्षको भिडन्त(भिडियो)


काठमाडौं—एउटै गृहजिल्ला झापाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बीच यति बेला पानी बाराबारको स्थिती छ। सार्वजनिक मञ्चबाटै यी दुई एकअर्काको उछितो काड्न व्यस्त छन् ।

जबकी निर्वाचनको तालमेल हेर्दा यी दुई संसद यात्रका लागि एकअर्काका बैसाखी जस्तै हुन् । तर पछिलो समय एकले अर्कालाई खुइल्याउन कुनैकसर बाँकी नराखेका उनीहरू विगत १५ दिन देखि राजनीतिक मुद्दा छोडेर एकअर्काको विरुद्ध नै आगो ओकलिरहेका छन् । एउटाले सार्वजनिक कार्यक्रममा बोलेका अभिव्यक्तिलाई अर्काेले फरक मञ्चमा त्यही अभिव्यक्तिको प्रतिवाद गरिरहेका छन् ।