रवि लामिछाने : दुई चार दिन थुन्दैमा बाघ स्याल हुँदैन, आत्मरत्तीमा रमाउनेहरुका लागि पिसावको न्यानो जस्तै हो । यो अलि अगाडीको पुरानो कुरा भयो ।
अब नयाँ कुरा– रवि अहिले गुमनाम छन्,शान्त छन,अनि चेपुवामा छन् दर्शकवृन्द ।शोक सुर्ता भोक न भकारी भने जस्तै आफ्नै दुनियामा मस्त देखिएका उनलाई अहिले वित्नु र विग्रनु पनि केहि छैन । नाम होस् बदनाम होस तर गुमनाम नहोस् भन्ने उखान बाट रवि धेरै टाढा पनि छैनन् । बाहिर एमसीसीको अन्यौलताले कांग्रेस महामन्त्री गगन थापा फतक्क गलेका बेला, रविले चोरी औला मात्रै देखाएको भए उनको राजनीतिमा भ्वाङ पर्न सक्थ्यो । तर सहकारीले रवि कुना पसेकै बेला गगनले छलिने सुविधा पाए ।
पाथिभरामा केवलकारविरुद्ध उर्लिएको जनसागरले सरकारलाई माथ खुवाएको बेला उनको बोलीले पहिचान पक्षधरलाई राहत हुन सक्थ्यो । त्यो भन्दा महत्वपूर्ण अमेरिकि राष्ट्रपतिले देशलाई नै फ्रड करार गरेको बेला संसद तातिन सक्थ्यो , सरकार घेराबन्दिमा पर्न सक्थ्यो । तर रवि मौन छन् । उहि दरवार छोड्दा पूर्वराजाले भने झै उनी देख्छन वोल्दैनन्,नागरिकले पनि उनको अभाव महसुस गर्छन तर छुन र उनको अवस्था थाहा पाउन सक्दैनन् ।
सन्चारकर्म हूँदै संसदसम्म पुगेर उपप्रधान सहित गृहमन्त्री नै पड्काएका रविको सफलताको ग्राफ कुनै समय बाईकको स्पिडोमिटर जस्तै थियो । मुद्धा परेर सांसद पद जाँदा समेत अझ मतान्तरले फेरी जित्ने मात्र हैन डा.स्वर्णिम वाग्ले जस्ता कांग्रेसका नेता भित्र्याएर कांग्रैसकै गढ भत्काएर रोमान्चक जित दिलाउँदै संसदमा आफ्नो सांसदको संख्या बढाउन उनी सफल भएका थिए ।


प्रतिक्रिया