काठमाडौँ – भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएका कारण नेपालमा अबको तीन दिन मनसुन निकै सक्रिय हुने मौसमविद्ले बताएका छन् । उहाँका अनुसार यो अवधिमा केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।
यसको प्रभाव शुक्रबार देखि नै देखिसकेको छ । शुक्रबार बिहानदेखि राजधानीलगायतका विभिन्न स्थानहरुमा वर्षा भइरहेको छ । मौसमविद्का अनुसार नेपालको पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश–२ र प्रदेश–१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश( १ का थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच आजदेखि तीन दिनसम्म केही नदी तथा खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका पश्चिमी भागका नदीहरुमा पानीको सतह बढ्ने भएकोले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया