काठमाडौं— बालेन शाह र सुशीला कार्कीको हिडन केमेस्ट्री जसका कारण दुवै जनाले एकैपटक ऐतिहासिक सफलता हात पारे । जेनजी आन्दोलनपछि देश अभिभावकविहीन बनेका बेला बालेनले सुशीलालाई देशको नेतृत्व दिलाए । अब संकटपूर्ण अवस्थालाई सामान्य बनाएर सुशीलाले बालेनलाई नै देशको नेतृत्व हस्तान्तरण गर्दैछिन् । बालेन र सुशीलाको यो केमेस्ट्री नयाँजस्तो लागे पनि एकअर्काप्रतिको सदासयता र सहयोग भने पुरानै हो । जसका कारण अब बालेन देशको प्रधानमन्त्री बन्दैछन् । भदौ २४ गते देश अभिभावकविहीन भएका बेला युवाहरुले बालेनको खोजी गरेका थिए । सामाजिक सञ्जालमार्फत देशको नेतृत्व लिन दबाब दिएका थिए । तर, मानेनन् । बरु विकल्प खोज्नतर्फ लागे । त्यही समयमा निस्कलंक, परिवर्तनको पक्षधर र अनुभवी व्यक्तिको खोजी भयो । त्यही समयमा जेनजी युवाहरुले समेत सुशीलाको नेतृत्व स्वीकार गरे र देशले पहिलो महिला प्रधानमन्त्री पायो । सुशीला बालेनसँग त्यस समयमा मात्र नजिक भएकी भने होइनन् । खासगरी न्यायपालिकामा व्याप्त बेथिती र राजनीतिमा भइरहेको भ्रष्टीकरण र कुसंस्कारको खुलेर आलोचना गर्ने गरेकी कार्कीले पटक पटक बालेनप्रति लक्षित गर्दै काम गर्न आएको एउटा युवालाई घेराबन्दी गर्न खोजिएको भन्दै सदासयता राख्ने गरेकी थिइन् । बरु रवि लामिछानेका सन्दर्भमा उनले समय अनुसार फरक अभिव्यक्ति दिएकी थिइन् । तर, बालेनबारे भने उनको मत सधैँ एकैनासको रहन्थ्यो ।
देश


प्रतिक्रिया