प्रदेश–१

एमाले पार्टी कार्यलयमा तालाबन्दी


जिल्लाबाट सिफारीस नभएका व्यक्तीलाई टिकट दिए पछि ओखलढुंगा एमालेमा भँडभैलो भएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगा जिल्लाबाट सिफारीस भएका यज्ञराज सुनुवार र अम्बीर बाबु गुरुङलाई पाखा लगाउँदै महाधिवेश प्रतिनिधि समेत हारेकी अस्मिता थापालाई एमाले अध्यक्ष केपी ओली ओलीले काखी च्पादै उम्मेद्धवार बनाएका छन । यसरी उम्मेद्धवार बनाए पछि ओखलढुंगा एमालेका भातृ संगठनहरुलेनै पार्टी कार्यलयमा तालाबन्दी गरेका छन् । ओखलढुंगा जिल्ला कमीटिको छलफलमा नभएको सिफारीसमा नपरेको, उम्मेद्धवारलाई केन्द्रीय कमीटिले व्यक्तीगत आधारले निर्णय गरेको प्रति घोर भत्सना गर्दै उम्मेद्धवार सम्बन्धी निर्णय नसचिच्एसम्म नेकपा एमाले जिल्ला पार्टी कार्यलय, ओखलढुंगामा अनिश्चीतकालीन ताला लगाएका छन् ।
जिल्लामा दशकौँदेखि जरा गाडेर बसेका दुई प्रभावशाली नेताहरु पूर्व सांसद यज्ञराज सुनुवार र पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङको दाबेदारीलाई किनारा लगाउँदै एमालेले २९ वर्षीया युवा नेतृ अस्मिता थापालाई आउँदो फागुन २१ को निर्वाचनको लागि टिकट दिने निर्णय गरेको छ । यसपटक टिकट नपाएका यज्ञराज सुनुवारले २०७० र २०७४ को निर्वाचनमा सानदार जित निकालेका थिए । त्यसैगरी, टिकटका अर्का बलिया दाबेदार अम्बिरबाबु गुरुङ पनि ओखलढुंगाका लोकप्रिय र विकासप्रेमी नेताका रूपमा परिचित छन् । २०५३ सालदेखि पार्टीको तल्लो तहबाट सक्रिय गुरुङले प्रदेश सांसद र भौतिक पूर्वाधार विकास मन्त्रीजस्ता पदहरुमा रहेर जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याइसकेका छन् । जिल्लाको राजनीति र संगठनमा पकड जमाएका यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङ जस्ता प्रभावशाली नेताहरू र उनीहरूका शुभचिन्तकलाई विश्वासमा लिएर चुनावी मैदानमा पूर्ण सक्रिय बनाउन सकिनन् भने, ती पुराना हस्तीहरूको मौनता वा असन्तुष्टि नै उनको विजयको मुख्य बाधक बन्न सक्छ ।