अन्तर्राष्ट्रिय

नासाको चन्द्रमामा नयाँ पहल, ५० वर्षपछि मानवयान पुग्दै, फेब्रुअरीमा प्रक्षेपण, यस्तो छ तयारी (भिडियोसहित)


काठमाडौं— ५० वर्षभन्दा बढी समयपछि नासाको पहिलो मानवयुक्त चन्द्र अभियान आगामी फेब्रुअरीको पहिलो हप्तासम्ममा प्रक्षेपण हुन सक्ने सम्भावना छ । यसको तयारी स्वरूप, नासाले शनिबार आफ्नो विशाल ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) मुन रकेट र ‘ओरियोन’ स्पेस क्याप्सुललाई ‘भेहिकल एसेम्बली बिल्डिङ’ (भीएबी) बाट प्रक्षेपण स्थल (लन्च प्याड) सम्म लैजाने योजना बनाएको छ । ‘आर्टेमिस २’ (ब्चतझष्क क्ष्क्ष्) अभियान करिब १० दिनको हुनेछ, जसले अन्तरिक्ष यात्रीहरूलाई विगतका कुनै पनि मानव पुगेको भन्दा टाढा पु¥याउन सक्छ । यसको मुख्य उद्देश्य सन् १९६० र ७० को दशकको एपोलो मिसनपछि पहिलो पटक चन्द्रमाको सतहमा मानव अवतरण गराउनका लागि आधार तयार पार्नु हो ।