काठमाडौं— गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सत्ताच्युत भएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय चुनाव केन्द्रित हुन थालेका छन् । एकातिर संसद पुनस्र्थापनाको माग गरिरहेका ओली अर्कोतिर चुनावी मैदानमा उत्रिन कम्मर कसेर लागेका छन् । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान दिएपछि उनको स्थानहद समेत फुकुवा भएको छ भने ओलीको सम्पूर्ण ध्यान अब फागुन २१ को निर्वाचनमा मोडिएको छ । उनले आफूविरुद्ध पुराना शक्ति र वैकल्पिक शक्तिले गरेको घेराबन्दीलाई नै राजनीतिक अस्त्र बनाएका छन् । आखिर, निर्वाचनको मैदानमा उत्रिन लागेका ओलीका रणनीतिहरू के–के छन् त ?
देश


प्रतिक्रिया