काठमाडौं— भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि देशकै ठूलो दल नेपाली कांग्रेस दुई टुक्रा भएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आन्तरिक विवादले विद्रोहको रुपमा लिँदा अहिले कांग्रेस शेरबहादुर देउवा र गगन थापाको नेतृत्वमा दुई फरक पार्टी बनेका छन् । पार्टीको आधिकारिकताको लडाइँमा रहेका दुवै पक्ष निर्वाचन आयोग पुगेर हानाथाप गरिरहेका छन्, जसको छिनोफानो आयोगले केही दिनभित्रै गर्नुपर्ने दबाब छ । निर्वाचनका लागि आगामी माघ ५ गते उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगको तालिका रहेकाले त्यसअघि नै आयोगले निर्णय दिनुपर्ने हुन्छ । आयोगको निर्णय आफ्नो पक्षमा पार्न दुवै पक्ष शक्तिकेन्द्र धाइरहेका छन् ।
देश


प्रतिक्रिया