काठमाडौं— झापा नेपाली राजनीतिका लागि सधैँ उर्वर भूमि मानिन्छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि भावी प्रधानमन्त्रीका दुई दाबेदार बालेन शाह भर्सेस केपी शर्मा ओलीदेखि सभामुख भर्सेस उपसभामुख, र चर्चितदेखि बौद्धिक वर्ग प्राध्यापकसम्मको रोचक भिडन्त हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध झापा निर्वाचन क्षेत्र नम्बर– ५ बाट चुनाव लड्ने तयारी गरेसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । बालेनले ओलीसँगको भिडन्त तय गरेपछि यो क्षेत्र थप चर्चाको शिखरमा पुगेको छ ।
देश


प्रतिक्रिया