काठमाडौं— कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पहिलो वरीयताको उपसभापति बन्ने गरी रवि लामिछानेसँग गरेको एकता अन्ततः १२ दिन पनि टिकेन । पार्टी एकता भएको १२ दिनमै विभाजनको नमीठो अनुभव चाखेका रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङले विभाजनको दोष एक–अर्का माथि थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेका छन् । ‘स्वर्ग–नर्क जहाँ गए पनि सँगै जाने’ भन्दै पार्टी जोड्ने र तोड्ने खेती चलाउने ओली–प्रचण्डको कसम जति सामान्य लाग्छ, त्यति नै रवि–कुलमानको फुट असामान्य छ । रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा रास्वपाका तर्फबाट सभापति लामिछाने र उज्यालो नेपालबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए । साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको हस्ताक्षर थियो । रवि र कुलमानको फुटलाई लिएर एक–अर्काप्रति धोका दिएको आरोप–प्रत्यारोप चलिरहेको छ । आखिर पार्टी विभाजनमा कसले कसलाई धोका दिए त ? रास्वपा नेताहरूले कुलमानले खोजेको भाग नपाएपछि पार्टी फुटाएको आरोप लगाउँदा कुलमानले भने अस्तित्व नै नामेट पारेपछि एकै ठाउँमा बस्न नसकिएको तर्क गरेका छन् ।
देश


प्रतिक्रिया