काठमाडौं— भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को सन् २०२६ को पहिलो मिशन (पीएसएलभी–सी ६२) विफल भएको छ । नेपालसहित १६ वटा भूउपग्रह (स्याटलाइट) बोकेको उक्त रकेटलाई स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १८ मिनेटमा भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । इसरो प्रमुख डा. भी. नारायणनका अनुसार रकेट प्रक्षेपणको तेस्रो चरणमा प्राविधिक गडबडी आएका कारण रकेटले आफ्नो बाटो बिराएको हो ।
यसअघि गत वर्ष मे १८ मा पनि इसरोको पीएसएलभी–सी ६१ मिशन तेस्रो चरणमै प्राविधिक खराबीका कारण असफल भएको थियो । उक्त मिशनमार्फत ईओएस–०९ अर्थ अब्जर्भेशन स्याटलाइटलाई ५२४ किलोमिटरको उचाइमा स्थापित गर्ने लक्ष्य राखिएको थियो ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया