काठमाडौं— नेपाली कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको रस्साकस्सी चलिरहँदा पार्टीको भविष्य कता जान्छ भन्ने आमचासो चुलिएको छ । संस्थापन पक्षले यस विशेष महाधिवेशनलाई आधिकारिकता दिन अस्वीकार गरिरहँदा आयोजक पक्षले भने आफूहरू कानुनी रूपमै अघि बढेको दाबी गरेको छ । अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्न सक्ने अवस्थामा देउवा छैनन् । तर, संस्थापनले यसलाई अवैधानिक भनेकाले नयाँ नेतृत्व चयन भएमा यो विषय कानुनी र संवैधानिक युद्धको मैदानमा पुग्ने निश्चित छ । अर्थात्, बहुमत पु¥याएर नयाँ नेतृत्व चयन गर्ने इतर पक्षको दाउ र यसलाई अवैधानिक भन्ने संस्थापन पक्षको अडानले कांग्रेस यतिबेला यस्तो दोबाटोमा उभिएको छ, जहाँबाट निस्कने बाटो निकै घुमाउरो देखिन्छ ।
देश


प्रतिक्रिया