काठमाडौं— भृकुटीमण्डपमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा जनलहर उर्लिएको छ । देउवा निकट ३० केन्द्रीय सदस्य र शेखर समूहका १०१ नेता नै भृकुटीमण्डपमा देखिएका छन् । नेतृत्व र नीति परिवर्तनको संकल्पसहित आह्वान भएको विशेष महाधिवेशनको मञ्चमा गगनको रापताप देखियो ।
महामन्त्रीद्वय थापा र शर्माको पक्षमा भृकुटीमण्डपमा उर्लिएको जनलहरले यो महाधिवेशन अब कुनै एक समूहको मात्र रहेन । सात भाइदेखि शीर्ष नेताहरूको बहिष्कारका बाबजुद पनि भृकुटीमण्डपमा देखिएको ठूलो उपस्थितिले कांग्रेस परिवर्तनको संकेत गरेको छ । राजनीतिको उत्तरार्धमा रहेका सभापति शेरबहादुर देउवाले भने अडानबाट पछि हट्ने छाँटकाँट देखिएका छैनन्, बरु आफूनिकटका नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएर छलफलमा जुटे । देउवा र उनका आसेपासेको हर्कत र संस्थापनको बेवास्तापछि कांग्रेसलाई पुनर्जागरण गर्न महामन्त्रीद्वयको अगुवाइमा भएको विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने अधिवेशन पनि हुन सक्ने संकेत देखिएको छ । जेन्जी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्थामा महामन्त्रीद्वयले रूपान्तरण आवश्यक रहेको बताउँदै आएका छन् ।
देश


प्रतिक्रिया