काठमाडौं— नेपालमा समय–समयमा देखिने राजनीतिक गतिविधिले देशमा फेरि राजा फर्किने खालको छनक दिने गरेको छ । गणतन्त्रवादी नेताप्रति जनताको आक्रोश र शाही खानदानको नाममा लाग्ने जयजयकारले राजतन्त्रको सम्भावना अझै जीवितै रहेको तथ्यलाई नकार्न सकिँदैन । जेनजी आन्दोलनमा गणतन्त्रवादी नेताको हविगत र कहिले ज्ञानेन्द्र त कहिले हृदयन्द्र शाहको नाममा बेलाबेलामा आउने ‘साउने क्रेज’ले पनि त्यसको पुष्टि गर्छ । गत वर्षको फागुन २५ मा पोखराबाट काठमाडौं आउने क्रममा उही शाह वंशकै नाममा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको क्रेज होस् वा हृदयन्द्रले जुम्ला भ्रमणका क्रममा बनाएको श्रव्यदृश्य सामग्री नै किन नहोस्, यसले राजसंस्थाप्रतिको आस्थालाई प्रस्ट्याउँछ । गत वर्षको चैत १५ को आन्दोलनले पनि राजाप्रतिको सम्मान जनतामा बाँकी नै रहेको बुझ्न कठिन छैन । त्यसैले होला सायद, पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पुर्खाले आर्जेको नासो खोज्न थालेका छन् । जनताको मागअनुसार नै दुई दशकसम्म देशलाई समृद्ध बनाउने आशाले राजगद्दी छोडे पनि, झन् भाँडभैलो हुँदा देश नै नरहन सक्ने चिन्ता उनमा देखिएको छ ।
देश


प्रतिक्रिया