काठमाडौं— जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको गैरदलीय सरकार यतिबेला आफ्नै मन्त्रीहरूका दलीय गतिविधिका कारण ‘रास्वपा सरकार’को ट्याग खेप्न विवश छ । यसको मुख्य कारकका रूपमा सञ्चार मन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ता देखिएका छन् । गैरदलीय मन्त्रीका रूपमा शपथ खाएका यी दुवै जना अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गतिविधिहरूमा खुल्लमखुल्ला सक्रिय छन्, जसले प्रधानमन्त्री कार्कीको तटस्थतामाथि नै प्रश्न उठाएको छ । रास्वपाको एकताको साक्षी बन्नेदेखि एकताको उत्सव मनाउनेसम्म र आगामी निर्वाचनमा सोही पार्टीबाट उम्मेदवार बन्ने घोषणा गर्दासमेत उनीहरूले नैतिकता देखाउन सकेका छैनन् । यही मन्त्रिपरिषद्का सदस्य कुलमान घिसिङले भने राजनीतिक सक्रियतासँगै तीव्र आलोचना भएपछि मन्त्री पद त्यागिसकेका छन् । तर, सरकारका प्रवक्ता र जेनजी मन्त्री भने आफूहरू कुनै पनि पार्टीमा आबद्ध नभएको दाबी गरिरहेका छन् । विडम्बना त के छ भने, यता रास्वपाका प्रवक्ता भने गौरवका साथ दुवै मन्त्री आफ्नो पार्टीमा जोडिएको पुष्टि गरिरहेका छन् ।
देश


प्रतिक्रिया