काठमाडौं— आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको १८ रिक्त सिटका लागि हुने यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपाले गठबन्धन गर्दै भागबन्डा अनुसार उम्मेदवार उठाएका छन् । यसअघि कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने तयारी गरेको नेपाली कम्युनिस्ट पार्टी ‘नेकपा’ भने अन्तिममा एक्लिएको छ । नेकपाले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने भएको छ । तर, १८ सिटका लागि गठबन्धन गरेका कांग्रेस र एमालेले छनोट गरेका उम्मेदवारहरू अहिले चर्चा र विवादमा छन् । राष्ट्रिय सभामा प्रतिष्ठित व्यक्ति, राष्ट्रिय जीवनमा योगदान पु¥याएका, अनुभवले खारिएका र राष्ट्रिय आकर्षण भएका विज्ञ व्यक्तिहरू रहने संवैधानिक व्यवस्था छ । तर, कांग्रेस–एमालेले भने प्रतिनिधिसभामा पटक–पटक सांसद भइसकेका, भर्खरै पार्टी प्रवेश गरेका, प्रत्यक्ष रूपमा जनताबाट अनुमोदन हुन नसकेका र विभिन्न पदबाट लाभ उठाइसकेका व्यक्तिहरूलाई पुनः राष्ट्रिय सभाको पद ‘उपहार’ दिएका छन् । कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरूको जित निश्चित जस्तै देखिएकाले पनि यो विषय बढी आलोचित बनेको हो । चर्चामा रहेका केही उम्मेदवारहरू मध्ये एक नम्बरमा छिन् ः
देश


प्रतिक्रिया