काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले विश्व राजनीतिमा एउटा ठूलो हलचल पैदा गरेको छ । ह्वाइट हाउस फर्किए लगत्तै ट्रम्पले आफ्ना आक्रामक परराष्ट्र नीतिहरूलाई सक्रिय पारेका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई उनकै निवासबाट नाटकीय रूपमा पक्राउ गरेपछि ट्रम्पले अब विश्वका अन्य मुलुकहरूलाई पनि चेतावनी दिन थालेका छन् । उनले १८२३ को प्रसिद्ध ‘मन्रो डक्ट्रिन’लाई परिमार्जन गर्दै आफ्नै नाममा ‘डनरो डक्ट्रिन’ घोषणा गरेका छन्, जसको अर्थ हो– पश्चिमी गोलाद्र्धमा अमेरिकाको पूर्ण अधिपत्य ।
सन् १८२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स मुन्रोले पश्चिमी गोलाद्र्धमा अमेरिकाको प्रभाव क्षेत्रमा हस्तक्षेप नगर्न अरूलाई चेतावनी दिँदै ‘मन्रो डक्ट्रिन’ घोषणा गरेका थिए । अहिले ट्रम्पले त्यही ‘मन्रो डक्ट्रिन’ लाई नयाँ उपनामका रुपमा ‘डन्रो डक्ट्रिन’को प्रयोग गरेका हुन् । ट्रम्पले भनेका छन्–‘हाम्रो नयाँ राष्ट्रिय सुरक्षा रणनीतिअन्तर्गत पश्चिमी गोलाद्र्धमा अमेरिकी प्रभुत्वमाथि फेरि कहिल्यै प्रश्न उठाइने छैन ।’
यसको सबैभन्दा ठूलो धक्का भेनेजुएलामा लागेको छ । एउटा नाटकीय मध्यरातको सैन्य कारबाहीमार्फत अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई कराकासस्थित उनीहरूको निवासबाटै नियन्त्रणमा लिइयो । यसलाई ट्रम्पले ‘डनरो डक्ट्रिन’को सुरुवात भनेका छन् । तर, ट्रम्पको यो महत्वाकांक्षा भेनेजुएलामा मात्र सीमित देखिँदैन ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया