देश

रविसँग कुलमानले निहुँ खोजे, रास्वपा फुटाउने धम्की, थुमथुमाउँदै बालेन, हैसियत नभएका नेतालाई पदाधिकारी ? (भिडियोसहित)


काठमाडौं— आफ्नै संरक्षकत्वमा रहेको ‘उज्यालो नेपाल पार्टी’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय गराएका कुलमान घिसिङ पार्टीको कागजी औपचारिकतामै सीमित बन्न पुगेका छन् । रवि लामिछाने लगायत रास्वपाका नेताहरूले घिसिङलाई पार्टीमा भित्र्याउन नचाहेको र घिसिङ आफैँ पनि लामिछानेको ‘सहकारी ठगी’को ट्याग बोकेर रास्वपामा जान इच्छुक नरहेका बेला, वैकल्पिक शक्ति एकीकरण हुनुपर्ने दबाबमा परेर उनी रास्वपामा सामेल भए । तर, अहिले उनी आफैँ रास्वपामा अलपत्र परेजस्तै भएका छन् ।
बालेन शाह समूहबाट ३ पदाधिकारी र २३ केन्द्रीय सदस्य गरी कुल २६ जनालाई रास्वपामा अनुमोदन गरिँदा कुलमान घिसिङ पक्षलाई भने वरिष्ठ उपाध्यक्ष र सह–महामन्त्री बाहेक पदाधिकारीमा कुनै स्थान दिइएको छैन । जम्मा १२ जनालाई केन्द्रीय समितिमा राख्ने गरी भागबन्डा गरिएको छ । यसले गर्दा रास्वपाभित्र कुलमानको ‘उज्यालो नेपाल’ पक्षले आफ्नो अस्तित्व खोज्न थालेको छ ।