देश

गगनको पक्षमा उत्रिए कार्यकर्ता, केन्द्रीय नेता नै झन्डै कुटिए, शेखरको नयाँ प्रस्ताव, होला त विशेष महाधिवेशन ? (भिडियोसहित)


काठमाडौं— बैठकमा सहभागी हुन पार्टी मुख्यालय सानेपा पुगेका नेताहरूलाई कांग्रेस कार्यकर्ताले बाटोमै घेरेर कार्यालय छिर्न दिएनन् । ‘सात भाइ’ मध्येका एक नेता विमलेन्द्र निधि कार्यालय छिर्दै गर्दा कार्यकर्ताले अवरोध गरेपछि उनी कार्यकर्तासँग भनाभनमै उत्रिए ।
पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष महाधिवेशन पक्षधर कार्यकर्ता र नेता निधिबीच केहीबेर चर्काचर्की नै भयो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा निधिले ‘को हो त्यो मान्छे, ए को हो ? को हो ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन, गुण्डा हो’ भनेका छन् । विशेष महाधिवेशन पक्षधर कार्यकर्ताको माझबाट ‘तपाईं चाहिँ को हो ?’ भन्ने आवाज सुनिन्छ । निधि पार्टी कार्यालयतर्फ गइसकेपछि आक्रोशित कार्यकर्ताले निधिको घर ‘जलाइदिन्छौँ’ भन्ने सम्मका स्वर सुनिन्छ ।