देश

प्रचण्डको चलाखी फेल, देउवाको फेरो समाते, दिल्लीमा डोभालको डिनर, जेनजीमाथि गम्भीर घात (भिडियोसहित)


काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सक्रियता अस्वाभाविक ढंगले बढेको छ । उनले आफ्नो गतिविधि नेपालसँगै छिमेकी देश भारतमा पनि बढाएका छन् । आइतबार भारत उड्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग डेढ वर्षदेखिको संवादहीनता तोड्दै प्रत्यक्ष भेटवार्ता गरेका उनले दिल्लीमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग संवाद गरेका छन् । सोमबार राति दिल्लीबाट काठमाडौं फर्किएका उनले मंगलबार बिहानैदेखि नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे एकता प्रक्रियामा जोडिएका प्रमुख नेता एवं पार्टीका सह–संयोजक माधवकुमार नेपालसँग छलफल गरे भने दिनभर पनि परामर्श बैठकमा व्यस्त रहे । पूर्वनिर्धारित पार्टीका बाहिरी कार्यक्रम रोकेर आन्तरिक छलफलमा जुटेका प्रचण्डले यसअघि नै नेपालसहित महिन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, रञ्जिता श्रेष्ठ लगायतसँग छलफल गरेका थिए । तीन दिनअघि मात्र प्रचण्डले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग संवाद गरेका थिए । पार्टी कमजोर भएर प्रतिस्पर्धी दलहरूसँग समान हैसियत समेत राख्न नसक्ने अवस्थामा पुग्दा पनि देशदेखि बाहिरसम्म राजनीतिक गतिविधि बढाएका प्रचण्डको फुर्ती भने कम छैन ।