देश

गगन गलाउने भयंकर खेल, बैठकमै झपार्ने, देउवाका एकपछि अर्का नेता काउन्टरमा, पार्टी छोड्ने कि मिल्ने ? (भिडियोसहित)


काठमाडौं— आफ्नो राजनीतिक करियरमा सधैँ एक्लै डलेर उदाएका नेता हुन् गगन थापा । हिजो राजतन्त्रविरुद्ध होस् वा अहिले पार्टीमा विधिको पक्षमा । तर, विगतकै निरन्तरता यसपटक पनि उनी एक्लिने अवस्थामा पुगेका छन् । खासगरी विशेष महाधिवेशनको एजेण्डाले उनलाई सभापति शेरबहादुर देउवासँग त ढाटा बनाएकै छ । यतिसम्म कि देउवा महामन्त्रीद्वय थापा र शर्माको मुख हेर्न पनि तयार छैनन् । तर, बिगतमा एउटै प्यानलमा एकअर्कालाई सहयोग गरेका शेखर कोइराला पक्ष नै गगनलाई एजेण्डामा एक्ल्याउने पक्षमा छ । कोइराला पक्ष र कृष्णप्रसाद सिटौला सार्वजनिक रुपमै थापामाथि बिष बमन गरिरहेका छन् । पार्टीभित्र सुधार, नेतृत्व हस्तान्तरण र संस्थागत पुर्नसंरचनाको माग गर्दै आएका गगनका एजेन्डा निष्क्रिय पार्ने प्रयास तीव्र बनेको हे । विशेष महाधिवेशनसहित एक्लै चुनावमा जाने, निर्वाचनअघि नेतृत्व परिर्वतन, तथा पार्टी संरचनामा पुस्तान्तरण जस्ता विषयलाई संस्थापन पक्षले जोखिमपूर्ण र फुटको संज्ञा दिदैँ आएका छन । यदि गगनका एजेन्डा कार्यान्वयनमा गए संस्थापन पक्षको दीर्घकालीन पकड मात्र होइन, पार्टीभित्र स्थापित सात भाइको राज समाप्त हुने डर छ । यही कारण थापाको उदय हुने महाधिवेशनमा जानबाट सात भाइ डराएका मात्र छैनन् उनीहरुले निष्क्रिय भएका देउवालाई पनि प्रयोग गरिरहेका छन् । गगनलाई महामन्त्रीको उम्मेदवार बनाएर १४औँ महाधिवेशनमा विद्रोहको राजनीतिक फाइदा उठाएका कृष्णप्रसाद सिटौला स्वयं असन्तुष्ट देखिनु गगनको लागि नयाँ चुनौती बनेको छ ।