काठमाडौं— जेनजी आन्दोलनपछि सबैभन्दा बढी बद्नामित र आलोचित नाम हो– केपी शर्मा ओली । यो नाम यतिसम्म तिरस्कारमा प¥यो कि अन्तरिम प्रधानमन्त्रीसुशीला कार्कीले त अनुहार समेत नहेर्ने टिप्पणी गरेकी थिइन् । जेनजी युवाहरुले हत्याराकै ट्याग लगाउँदै तत्काल पक्राउ परी कारबाहीको दायरामा ल्याउन माग गरे । तर, त्यही बेला पार्टीका नेता÷कार्यकर्ताले भने अत्यधिक मतसहित पार्टीको अध्यक्षमा दोहो¥याइदिए । अब उनले पार्टी मात्र होइन राष्ट्रिय राजनीतिमै आफ्नो दबाब बढाउँदै लगेका छन् । आन्दोलनपछिको यो साढे चार महिनाको अवधिमा पार्टी, सरकार, जेनजीलाई गलाउन उनी सफल देखिए । “मुखै हेर्दिन” भन्ने प्रधानमन्त्री कार्कीले सिंहदरबार र बालुवाटारमा बोलाएर चिया कफीको अफर गर्नु पर्ने अवस्था मात्रै बनेको छैन ओलीले नै चाहे अनुसारको चुनाव गराउनु पर्ने वातारण बनाइरहेकी छिन् । उपत्यका छाड्न र विदेश जान लगाइएको स्थान हदमा उच्चस्तरीय जाँझबुझ आयोग नरम बन्दै फुकुवा गरिदिएको छ । दुई पूर्वगृहमन्त्री रवि लामिछाने देखि रमेश लेखक र तीन वटै सुरक्षा निकायका प्रमुख लगायत सबैलाई सिंहदरबारमा नै बोलाएर बयान लिएको आयोगले आईतबार गुण्डु पुगेर लिखित जवाफ लिएको थियो । बयानका लागि पत्र बुझाउन गुण्डुस्थित ओली निवास पुगेको आयोगलाई त्यति नै खेर लिखित जवाफ दिएको भोलि पल्टै ओलीमाथि लगाईएको स्थान हद फुकुवा गर्ने निर्णय गरेकोे हो ।
देश


प्रतिक्रिया